Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना खोपको पहलमा राष्ट्रपति भण्डारी, के आउला अमेरिकी राष्ट्रपतिबाट जवाफ ?

कोरोना खोपको पहलमा राष्ट्रपति भण्डारी, के आउला अमेरिकी राष्ट्रपतिबाट जवाफ ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडामार्फत बाइडेनलाई पत्र पठाउँदै एस्ट्राजेनेकाको खोपका लागि नेपाललाई सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

अमेरिकामा रहेको नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गामार्फत राष्ट्रपति बाइडेनलाई पत्र हस्तान्तरण गरिएको जानकारी दिएको छ । भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको थियो । जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको जानकारी दिएको बताइएको छ । यस अघि परराष्ट्र मन्त्रालयले पनि अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ ।

राष्ट्रपति भण्डारीले यस अघि भारतका राष्ट्रपति रामनाथ कोविन्द, चिनियाँ राष्ट्रपति सी जिनफिङसँग टेलिफोन संवाद मार्फत खोप सहयोगका लागि अनुरोध गरिसक्नुभएको छ । राष्ट्रपति भण्डारीकै आग्रह अनुसार चीन सरकारले १० लाख डोज भेरोसेल खोप उपलब्ध गाराउने घोषणा गरिसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ