Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६८ वर्षमा ७ हजार आरोही पुगे सगरमाथा शिखरमा, यसरी मनाइयो दिवस

६८ वर्षमा ७ हजार आरोही पुगे सगरमाथा शिखरमा, यसरी मनाइयो दिवस


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको ६८ वर्ष पुगेको छ । आज आरोहणको हिसाबले ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो ।

सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ । सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजार आरोहीहरू सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ