Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४० जना चलचित्र प्राविधिकलाई एक महिनालाई पुग्ने खाद्यान्न !

४० जना चलचित्र प्राविधिकलाई एक महिनालाई पुग्ने खाद्यान्न !


काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले कोरोनाको दोश्रो लहरको निषेधाज्ञाबाट प्रभावित भएका चलचित्र प्राविधिकहरुलाई रहत वितरण गरेको छ । प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल र मेकअप आर्टिस्ट समेत रहेका अभियन्ता अमृत मरहठ्ठाको पहलमा ४० जना प्राविधिकहरुलाई राहत वितरण गरिएको हो ।

राहत वितरणमा चर्चित मोडल स्मिता थापा, चलचित्र निर्माता रेशम सापकोटा लगायतकाका चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । निषेधाज्ञामा घरभित्रै रहेका प्राविधिक कर्मचारिहरुको जीवन यापनमा कुनै समस्या नहोस भन्ने उद्देश्यले घरघरमै पुगेर घरदौलो कार्यक्रम जसरी राहत बाढिएको थियो । राहत स्वरुप एक बोरा चामल, दुई लिटर तेल, एक किलो दाल, एक किलो चिनी, एक किलो चना, एक किलो चिउरा र एक प्याकेट चियापत्ति पाएसँगै चलचित्र प्राविधिकहरु खुसी भएका छन् ।

बन्दाबन्दीबाट समस्यामा परेका चलचित्रकर्मी तथा प्राविधिकका लागि आवश्यकता अनुसार राहतको कार्यक्रम जारी राखिने नेपाल चलचित्र प्राविधिक संघले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ