Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअझै रहश्यमय रहेको २० वर्षअघिको त्यो दरबार हत्याकाण्ड

अझै रहश्यमय रहेको २० वर्षअघिको त्यो दरबार हत्याकाण्ड


काठमाडौं । नेपाली इतिहासकै बिभत्स हत्या काण्ड एवम् दरबार हत्याकाण्ड भएको २० बर्ष पूरा भएको छ । तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानविनका नाममा समिति गठन भएर प्रतिबेदन सार्वजनिक गरिएपनि त्यसपछि कुनै स्वतन्त्र छानविन र अनुसन्धान नहुँदा हत्याकाण्ड अहिलेसम्म रहस्यमय नै छ ।

मरेका तत्कालिन युवराज दिपेन्द्र बिरविक्रम शाहलाई हत्यारा घोषित गर्ने बिभिन्न प्रयासहरु भएपनि जनस्तरबाट स्वीकार हुन सकेन । बरु हजारौको सुरक्षा निगरानी भएको दरवारमा राजपरिवारका १० जनाको ज्यान लिने गरी कसले अनि कसरी हत्या काण्ड मच्चायो भन्ने प्रश्नले अहिले पनि आम नागरिकलाई पिरोलिरहेको छ । बेवस्था फेरिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत दरबारहत्या काण्डको रहस्य उजागर होस हुनुपर्छ भन्ने जमात निक्कै ठूलो छ ।

नारायणहिटी दरबारमा हरेक महिनाको तेस्रो शुक्रबार नियमित रुपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा नै थियो । सोही अनुसार शुक्रबार पनि पारिवारिक जमघट भएको थियो । सोही जमघटका क्रममा नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो । यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । छानविन समिति मार्फत स्वदेश र बिदेमा चर्चा पाएको दरबार हत्याकाण्ड तात्कालिन युवराज दिपेन्द्रले नै घटाएको हो भनिदैगर्दा आम जनताले भने पत्याउन सकेका छैनन । त्यति धेरै व्यक्तिको एक चिहान हुने घटनामा युवराज दीपेन्द्र एक्लैले गोली चलाएको, नसामा लठ्ठिएको व्यक्तिले एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग गरेर अन्त्यमा आफैँमाथी गोली चलाएको भनिदैगर्दा छानविन समितिले पर्याप्त आधार र कारण खुलाउन सकेको छैन ।

मृतकका शवहरूको पोस्टमार्टम गरिएन, घटना घटेको त्रिभुवन सदन नयाँ राजाका रूपमा उदाएका ज्ञानेन्द्र शाहले तत्कालै भत्काउन लगाए । सत्यतथ्य पत्ता लगाउने भन्दा कसरी घटना ढाकछोप गर्ने भन्ने काम तात्कालिन समयमा बढी भयो । तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले दरबार हत्याकाण्डको ग्राइन डिजाईन खोल्दिउ भन्दै बारम्बार बोलेको अभिव्यक्तिले समेत विरेन्द्रको बंशनासमा ठूलै षड्यन्त्र थियो भनेर आशंका गर्ने ठाउँ दिएको छ ।

सरकारकै संरक्षणमा रहेको सुगम घटनास्थल, जीवित साक्षीहरु, वीरेन्द्र सैनिक अस्पतालमा सुरक्षित रहेको मृतकको मेडिकल रिपोर्ट, छानविन समितिको अध्ययन प्रतिवेदन र फेरिएको वर्तमान परिस्थिति अनि व्यवस्थाले दरबार हत्याकाण्डको वास्तविकताको छानविन गर्न अहिले झनै सहज हुन्छ । तर राजसंस्था हटायौँ वा हट्यो भन्ने नाममा एउटा विभत्स हत्याकाण्डलाई रहश्यमै राख्ने काम भइरहेको छ । २०६२\०६३ सालको जनआन्दोलनको बलमा दलहरुले देशमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराएपनि तात्कालिन राजा विरेन्द्र विरविक्रम शाहलाई जनताले प्राजातान्त्रिक र उदारवादी राजाका रुपमा स्मरण गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ