Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयूएईबाट नेपाललाई स्वास्थ्य सहायता

यूएईबाट नेपाललाई स्वास्थ्य सहायता


काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई)ले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध लड्न भन्दै स्वास्थ्य सहायता उपलब्ध गराएको छ । यूएईले बुधबार विहान विशेष विमानबाट ती स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई यूएईका प्रतिनिधिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ