Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्यो गर्मी, प्रसस्त पानी पिउन चिकित्सकको सुझाब

नेपालमा बढ्यो गर्मी, प्रसस्त पानी पिउन चिकित्सकको सुझाब


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ । शनिबार मात्रै काठमाडौंको तापक्रम ३० डिग्री आसपास पुगेको छ । शुक्रबार २९ दशमलव ४ डिग्री सेल्सियस र बिहिबार ३१ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि पुगेको अर्यालले जानकारी दिनुभयो । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् ।

केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको हो।मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने पूर्वानुमान छ । आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन चिकित्सकहरुले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशन समेत हुन सक्ने भन्दै पानी पिउन डाक्टरले सुझाब दिएका हुन । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान चिकित्सकको सुझाव छ । खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञले सल्लाह दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ