Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाललाई जर्मन सरकारबाट विभिन्न स्वास्थ्य सामाग्री सहयोग

नेपाललाई जर्मन सरकारबाट विभिन्न स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठूलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ