Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमनसुन देशभर फैलिएसँगै नदी तटीय क्षेत्रमा जोखिम

मनसुन देशभर फैलिएसँगै नदी तटीय क्षेत्रमा जोखिम


काठमाडौं । यस वर्षको मनसुन देशभर फैलिएसँगै नदी तटीय क्षेत्रमा जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी र डुवानले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बुलेटिन जारी गर्दै मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने पूर्वानुमानसहित उच्च जोखिमको औल्याएको छ । यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।

देशका उच्च हिमाली र पहाडी क्षेत्रका हजारौँ भूभागहरु पहिलोको जोखिममा रहेपनि पूर्वानुमान र जोखिमको सूचना दिने कुनै संयन्त्र छैन । तराई मधेशमा बाढी पूर्वानुमान महाशाखाबाट जोखिमको पूर्वजानकारी दिने गरिएपनि पर्याप्त देखिएको छैन ।

आगामी तीन दिनसम्म यस्तो हुनेछ देशभरका मुख्य नदीहरुको अवस्था :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ