Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनए ह्यारी भण्डारीले गरेको अमेरिकाको विधायकी अनुभव

एनआरएनए ह्यारी भण्डारीले गरेको अमेरिकाको विधायकी अनुभव


काठमाडौं । मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा कार्यरत ह्यारी भण्डारीले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । नेपाली भाषामा End of Session Newsletter  प्रकाशित गर्दै भण्डारीले आफूले विधायकका रुपमा गरेका सकारात्मक काम बारे जानकारी गराउनुभएको हो ।

जनरल एसेम्वलीमा तीन सेसनमा सहभागी भएर काम गर्ने मौका पाएको जानकारीसहित भण्डारीले जनताको लागि शिक्षा,स्वास्थ्य,अर्थनीति,सामाजिक सुरक्षा लगायतका क्षेत्रमा कानून निर्माण गरेको बताउनुभएको छ । तीन वर्षको वीचमा आफ्नै १० वटा विलहरु पारित गराउन सफल भएको उहाँको दाबी छ । यो वर्षको सेसनमा मात्रै पाँच पारित गराउन सफल भएको भन्दै यसलाई एक ऐतिहासिक सफलता मान्नुभएको छ ।

मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा अवसर दिने सबैप्रति उहाँले कृतज्ञता अर्पण गर्नुभएको छ ।

यस्तो छ भण्डारीको न्यूजलेटर :

श्रोतः भण्डारीको फेसबुक



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ