Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजसपाको आधिकारिकता अध्यक्ष यादवलाई कि महन्थलाई? बिवाद निर्वाचन आयोगमा

जसपाको आधिकारिकता अध्यक्ष यादवलाई कि महन्थलाई? बिवाद निर्वाचन आयोगमा


काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु आधिकारिकता दाबीका लागि निर्वाचन आयोग गएका छन् । जसपा नेपालका अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् ।

आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।अध्यक्ष यादवले पार्टीको वैधानिकता आफूहरुलाई दिन निर्वाचन आयोगलाई आग्रह गर्दै शुक्रबार दोश्रो पटक निवेदन दिएका हुन् । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरे अनुसार नै यादव पक्ष आयोग पुगेको हो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर यो समूहले आयोगमा बुझाइएको थियो । सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए । आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् । आयोगले आफ्नो मागको सुनुवाई नगरे सर्बोच्च अदालत जाने निर्णय जसपाको यादव पक्षमा रहेका बहुमत केन्द्रीय सदस्यको बैठकले यसअघि नै गरिसकेको छ ।

यस्तो छ उपेन्द्र समूहले आयोगसँग गरेको दाबी :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ