Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालबाट विदेश जान २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

नेपालबाट विदेश जान २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता


काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

अब विदेश जानेहरुले ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाण्डौ मेडिकल कलेज, नेपाल मेडिसिटी, बी एण्ड बी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाण्डौ युनिभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्युरो कार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरबाट गरेको पीसीआरले मान्यता पाउनेछ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरिएको जानकारी दिनुभयो । प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिदै जाने तयारीमा मन्त्रलय रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ