Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वीस बैंकमा नेपालीको आकर्षण, क–कस्ले गरे ४६ अर्ब ६४ करोड बचत ?

स्वीस बैंकमा नेपालीको आकर्षण, क–कस्ले गरे ४६ अर्ब ६४ करोड बचत ?


काठमाडौं । नेपालीहरुले स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक)मा पैसा जम्मा गर्ने क्रमले थप विस्तार भएको पाइएको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो वार्षिक विवरण अनुसार नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा करिब दोब्बरले वृद्धि देखिएको हो ।

गतबर्ष सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत गरेको जानकारी गराइएको थियो । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण प्रतिवेदनमार्फत सार्वजनिक गरिएको थियो । नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको भएको बताइएको छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पाइएको छ । यो भारतीय बचत १३ वर्ष यताकै उच्च हो । स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख गरिएको हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले विश्वभरका बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । पछिल्लो समय नेपालीहरुको बचत समेत बृद्धि हुनुले स्वीस बैंकमा नेपालीहरुको आकर्षण समेत बढ्दो क्रममा रहेको देखिन्छ ।

कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेपनि मागेको विवरण दिने गरिएको छैन । नेपालका उच्च घरानिया तथा नेताहरुले समेत स्वीस बैंकमा पैसा जम्मा गरेको आरोप बेला बेलामा लाग्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ