Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित तीन जना पक्राउ


काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । युवा सङ्घकी नेतृ खुस्बु घिमिरेलाई कुटपिट गरेको अभियोगमा महानगरीय प्रहरी परिसर टेकुले संग्रौलासहित शर्मिला वाइवा र हिमाल उपाध्यायलाई पक्राउ गरेको हो ।

संग्रौलासहितको टोलीले आफूलाई कुटपिट गरेको भन्दै नेतृ घिमिरेले जाहेरी दिएपछि पक्राउ गरिएका संग्रौला, वाइवा र उपाध्याय विरुद्ध कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोगमा म्याद थप गरेर मुद्धा चलाइने बताइएको छ । संग्रौलाले नै महाराजगञ्जमा एक जना ट्राफिक प्रहरी निरीक्षकलाई रङ्गभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना भइरहेको छ । झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएपछि चर्को विरुद्ध भइरहेको समयमै झाको काज सरुवा भएको थियो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

थप उजूरी र सहयोग रकम हिनामिनाको प्रश्न
अभियन्ता बताउने संग्रौलाविरुद्ध थप उजूरीको तयारी समेत भैरहेको बुझिएको छ । अभियन्ताहरुमाथी नै गालिगलौँच गर्ने उनले समाचार प्रशारण \प्रकाशन गर्दा धम्क्याएको बारेमा समेत प्रहरीमा उजूरी दर्ता हुने भएको छ । यस्तै विदेश र स्वदेशमा ज्वाला संग्रौलालाई सहयोग गर्नेहरुले नै उनले बाढेको राहत र आर्थिक पारदर्शितामा प्रश्न उठाउने गरेका छन् । उनीविरुद्ध केही अभियन्ता र सञ्चारकर्मी सोमबार थप उजूरी दिने तयारीमा रहेको पाइएको छ ।

पीडित पक्षबाटै कुटिइन संग्रौला
प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलालाई पीडितको तर्फबाट सहभागी सुजन खत्री र सुमन चित्रकारले कुटपिट गरेका थिए । उनीहरु दुबैजना युवा संघको कार्यकर्ता भएको बताइएको छ । पीडित खुश्बु पनि युवा संघकी नेतृ हुन् । संग्रौलामाथि कुटपिट गर्नेलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ