Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsज्वाला संग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति

ज्वाला संग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन दिने अनुमति दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको जानकारी दिनुभयो । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवामाथी पनि तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । युवा संघकी नेतृ खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौलासहित तीन जना पक्राउ परेका थिए ।

घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरी परेको छ । संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । प्रहरीले अहिले दुबै घटनामाथी अनुसन्धानसहित आवश्यक कारबाही अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ