Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएकै पटक १६ डीआईजी र १५ एसएसपीको सरुवा (सूचिसहित )

एकै पटक १६ डीआईजी र १५ एसएसपीको सरुवा (सूचिसहित )


काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको र एसएसपीहरुको सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहलाई दिइएको छ । सिंह प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्वमा हुनुहुन्थ्यो । हाल सीआईबीमा रहनुभएका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा गएिको छ ।

सरुवा गरिएका डीआईजीहरु :

गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्यलाई पठाएको छ । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको एसएसपीहरु :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ