Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबाढी पहिरोले अबरुद्ध १६ वटा सडक कहिले खुल्ने अझै अनिश्चित

बाढी पहिरोले अबरुद्ध १६ वटा सडक कहिले खुल्ने अझै अनिश्चित


काठमाडौं । बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन सडक विभागले समस्या झेल्नु परेको छ । सडक विभागले अबरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पन्छाउन कठिनाइ हुँदा कहिले खुल्छ भन्ने निश्चित नभएको जानकारी दिएको हो ।

सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । यस्तै, साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडक खुलाउन समस्या छ ।

सडक खुलाउने प्रयास भने निरन्तर जारी रहेको विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २५ ठाउँमा एकतर्फी खुलाइएको छ । १६ ठाउँमा अझै बन्द छ । मनसुन सुरु नहुँदै सडक विभागले बाढी पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी अवस्थामा रहेको जनाएको छ । विभागका अनुसार बन्द सडक खुलाउन देशका विभिन्न एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ