Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तराष्ट्रिय उडानमा बढी भाडा लिनेहरु कारबाहीमा पर्दै, छानविन समिति गठन

अन्तराष्ट्रिय उडानमा बढी भाडा लिनेहरु कारबाहीमा पर्दै, छानविन समिति गठन


काठमाडौं । नेपालमा अझ पनि अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरिएको छ । कोरोना संक्रमणको दर कम भइरहदा र विदेशमा व्यापक खोप अभियान चलेको भएपनि नेपालमा नियमित उडान बढाउने बारे सरकार अनिर्णित देखिएको हो ।

चार्टर्ड उडानमात्रै भैरहेको यही मौकाको फाइदा उठाउँदै केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको छ । समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्नेछ । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको छ । भारतमा यसअघि पनि उडान खुला थियो ।

लामो समयदेखि नियमित उडान रोकेको सरकारले यसबीचमा नेपालमा महामारी नियन्त्रणमा समेत ठोस कदम चाल्न सकेको छैन । यसै मौकामा व्यापारीहरुले यात्रुबाट चर्को मूल्य असुल गरेको गुनासो बढिरहेको छ । बारम्बार टिकटमा ठगिएको बारे गुनासो गर्दा समेत छानविन र कारबाही हुन नसकेको उपभोक्ताको गुनासो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ