Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मौसमी प्रभाव : बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मात्रै भारी वर्षा

नेपालमा मौसमी प्रभाव : बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मात्रै भारी वर्षा


काठमाडौं । आज देशका धेरै स्थानको मौसम सफा रहेको छ । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

दिउँसोपख भने मौसम सामान्य बद्ली हुने पूर्वानुमान गरिएको छ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ ।वाग्मती प्रदेशमा काठमाडौं उपत्यकासहित एक-दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जानकारी दिएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावनाको पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

पानी पर्ने क्षेत्रका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने र बिहिबारदेखी देशका अधिकांश स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ