Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप १ करोड ८० लाख खोप दिने

अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप १ करोड ८० लाख खोप दिने


काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई वितरण गर्नेगरि कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यसअघि नै दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरिसकेको छ ।

सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने विस्तृत विवरणमा उल्लेख छ । यस अगाडि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो । पहिलो चरणमा वितरणको घोषणा गरिएको खोप जुन महिनाभित्र यी मुलुकहरुमा पुग्ने ह्वाईट हाउसले जानकारी दिएको छ । अमेरिकाले खोप दिने घोषणा गरेका एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।

पहिलो चरणमा एसियाली मुलुकलाई एकदमै थोरै खोप वितरण गरेको अमेरिकाले यस पटक भने सबैभन्दा बढी विनियोजन गरेको छ ।अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत उसले विभिन्न मुलुकलाई सिधै वितरण गर्नेगरि प्रक्रिया अगाडी बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ