Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहरमा खेती किसानी, नहोस् मल विउको चिन्ता !

कोरोना कहरमा खेती किसानी, नहोस् मल विउको चिन्ता !


काठमाडौं । देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरु खेती किसानीमा व्यस्त हुनथालेका छन् । समयमै मनसुन सुरु भएकाले किसानहरु समयमै खेतीतिर व्यस्त भएका हुन् । देशको पहाडी क्षेत्र, हिमाल, तराईसँगै काठमाडौं उपत्यकामा पनि किसानहरुले रोपाईँगर्न सुरु गरेका छन् ।

समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । सरकारी तथ्यांकअनुसार नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा खेतीहुदैँ आएको छ । देशभरका नदीनालामा पानीको बहाव बढेको छ । आकाशे पानीको भरमा खेतिपाती गर्ने नेपाली कृषककालागि पनि अहिलेको मौसमले साथ दिएको छ । काठमाडौं उपत्यकाका बढी खेती हुने क्षेत्र भक्तपुर र ललितपुरमा पनि रोपाइको रौनक सुरु भएको छ । काठमाडौंसहितका यी दुई जिल्लामा भने सिँचाईको सुविधा सहज नभएकाले मेसिनबाट पानी तानेर रोपाइ गर्नुपर्ने अवस्था देखिएको छ । नेपालको कुल क्षेत्रफलमध्ये ३० लाख ९१ हजार हेक्टर खेतियोग्य जमिन रहेको छ खेतियोग्य जमिनको करिब १८ प्रतिशत बाँझो रहेको आँकलनगरिएको छ ।

सरकारी तथ्यांकअनुसार वर्षेनी ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादनहुदै आएको छ । कुलग्राहस्र्थ उत्पादनमा धानको करिब ५ प्रतिशत योगदान भए पनि सिँचाइको अभावउत्तिकै छ । सिचाइको अभावमा आकाशे पानीको भरमाधान खेतिगर्नुपर्ने बाध्यता छ । सधै आकाशे पानीको भर पर्नुपर्ने नेपाली कृषकलाई यस वर्ष यो महामारीले थप सताएको छ । कृषकलाई राहतदिने सरकारले घोषणा गरे पनि कागजमै सिमित छ । ६२ प्रतिशत मानिस कृषिमा संलग्न भएपनि सिचाइको अवस्था दयनीय छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ