Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअबको तीनदिन नेपालका केही स्थानमा भारी वर्षा, अपनाऔँ सतर्कता

अबको तीनदिन नेपालका केही स्थानमा भारी वर्षा, अपनाऔँ सतर्कता


काठमाण्डौ । अबको तीनदिनसम्म देशका विभिन्न स्थानमा आंशिकदेखी पूर्ण बदली भई सामान्यदेखी भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रका केही स्थानमा यतिबेला घाम लागेपनि पुर्ण रुपमा मौसम खुलेको छैन । घाम लागेका स्थानमा अहिले मौसम सफा भएपनि फेरि मौसम बद्ली भइ पानी पर्ने मौसमविद्ले आँकलन गरेका छन् ।

मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ । बिहान गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परेकोमा अहिले दिउँसोदेखी नै प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने पूर्वानुमानसहित महाशाखाले सचेत हुन सबैलाई आग्रह समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ