Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीको फेरिएको बोली, ‘सन् २०२१ भित्र सबै नागरिकलाई खोप’ !

प्रधानमन्त्री ओलीको फेरिएको बोली, ‘सन् २०२१ भित्र सबै नागरिकलाई खोप’ !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको दाबी गर्नुभएको हो ।

आगामी ५ महिनाभित्रै सबै नागरिकलाई खोप लगाइने उहाँको दाबी थियो । प्रधानमन्त्री ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने जानकारी गराउनुभएको थियो । यसअघि बारम्बारका सार्वजनिक कार्यक्रम र भाषणमा प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने दाबी गर्दै आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक नपाएको स्विकार गर्नुभयो ।

विगतका प्रायः सबै सरकारको ध्यान यसतर्फ नगएपनि आफूले चासोका साथ बालबालिकाको पक्षमा काम गरेको जिकिर गर्नुभयो । कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुग्दा समेत बालबालिकाले सेवा, सुविधाको तुलनामा सास्ती पाएको प्रधानमन्त्री ओलीको दाबी थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ