Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखोपको प्रतिक्षामा आम नेपाली, झुटो आश्वासन बाढ्दै सरकार !

खोपको प्रतिक्षामा आम नेपाली, झुटो आश्वासन बाढ्दै सरकार !


काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुध्न सरकारले अधिकांश जिल्लामा जारी गरेको निषेधाज्ञा करिब दुई महिनापछि केही खुकुलो बनाइएको छ । निषेधाज्ञाले मात्रै संक्रमण नियन्त्रण नहुने विश्वका विभिन्न उदाहरणले आफै देखाएका छन् ।

अहिले विश्व नै कोरोना नियन्त्रणका लागि खोप अभियानमा व्यस्त रहँदा निक्कै अगाडि सुरु भएको नेपालको खोप अभियान भने अहिले अलपत्र परेको छ । माघदेखि खोप लगाउन सुरु गरिएपनि खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा ४ महिना बितिसक्दा पनि पाएका छैनन् । पहिलो मात्रा नै नपाएकाहरु प्नि खोपको आशा गर्नै छाडिसकेका छन् । सर्वोच्च अदालतले दोस्रो मात्रा खोप नलगाएकालाई तत्काल खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । कोरोनाका नयाँ–नयाँ भेरियन्ट, त्यसको तीब्र संक्रमण क्षमता र संक्रमण भइसकेपछि स्वास्थ्यमा देखिने गम्भीर जटिलताका कारण पछिल्लो समय जोखिम बढेको छ । सरकारले हरेक दिनजसो यो साता खोप पक्कै आउँछ, अर्को साता त आइ नै हाल्छ भन्ने आश्वासन दिइरहेको छ । तर, अझै केही महिना खोप आउने सम्भावना नरहेको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेल बताउछन् । सरकारले यस अघि नै भारतको सेरम इन्स्टिच्यूटबाट १० लाख डोज खोप खरिदका लागि अग्रिम भुक्तानी गरिसकेको छ । तर, उक्त खोप अझै उपलब्ध भएको छैन ।

सेरम इन्स्टिच्यूटबाट २०२१ भित्र खोप दिन नसक्ने भनेर नेपाललाइ परिपत्र गरेको भएतापनि पछिल्लो समय पुनःखोप दिनका लागि सकारात्मक देखिएको पोखरेलको भनाई छ । यस्तै कोभ्याक्स सुविधाबाट पनि खोप आउने सकारात्मक देखिएको छ । खोपको माग यसरी बढेको छ कि सरोकारवालाले अदालतदेखि सामाजिक सञ्जालसम्म तताएका छन । तर, सरकारले गरेका काम कारबाही तथा खोप प्राप्तिको आधार हेर्ने हो भने अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ