Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब विपक्षीको बहस, पाँच दिनमा संसद विघटनविरुद्धको रिटको फैशला आउनसक्ने !

अब विपक्षीको बहस, पाँच दिनमा संसद विघटनविरुद्धको रिटको फैशला आउनसक्ने !


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी असार ९ गतेदेखी निरन्तर सुनुवाई भैरहेको छ । रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस अव २ घण्टा ३५ मिनेट मात्रै बाँकी रहेकाले आजबाट सकिदैछ । कानुन व्यवसायीतर्फको बहस शुक्रबार नै सकिने भनिएपनि प्रधानन्यायाधीशचोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गर्नुभएको थियो ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्तिप्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । सुनुवाइका क्रममा शुक्रबार इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न लेखेको पत्रका विषयमा बहस भएको थियो ।

अबको पाँच दिनमा फैशला आउने संभावना
रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदनका विपक्षीले बहस सुरु गर्नेछन् । निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि नै बहस थाल्ने बताइएको छ । विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ। विपक्षीले चार दिनमा बहस सक्ने आँकलन गरिएको छ । यसपछि चार जना एमिकस क्युरीका लागि आधा÷आधा घण्टाका दरले दुई घण्टा समय दिइएको छ। चार दिनमा विपक्षीहरुको सुनुवाई सकिने र थप एक दिन एमिकस क्युरीले बहस गरेपछि अबको पाँच दिनभित्रै फैशला आउनसक्ने आँकलन गरिएको छ । संबैधानिक इजलासले सबैको राय तथा सुनुवाईका आधारमा धारणा बनाएर फैसला तयार गर्न समय लाग्नेभएपनि बहसपछि एकदिनभन्दा बढी नलम्बिने देखिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ३० वटा रिट दर्ता भएका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दर्ता गरेको रिटमाथि बहस भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ