Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयूएईले लम्ब्यायो नेपालमाथीको उडान प्रतिबन्ध, अब जुलाई २१ सम्म

यूएईले लम्ब्यायो नेपालमाथीको उडान प्रतिबन्ध, अब जुलाई २१ सम्म


काठमाडौं । यूएईले नेपालमाथि लगाएको हवाई उडानको प्रतिबन्ध लम्ब्याएको छ ।कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्म लम्ब्याएको हो । तर यो अवधिमा पनि कार्गो, बिजनेस र चार्टर्ड उडानलाई भने अनुमति दिइने बताइएको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाइएको थियो । नेपालले भने यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान नपाउने भएका छन् ।

यूएईले आफ्नो देश प्रवेश गर्नेहरुलाई मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जान चाहने श्रमिक खोप लगाउनबाट बञ्चित बन्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ