Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रियसभा सदस्य बेदुराम भुसालबाट एमाले परित्यागको घोषणा

राष्ट्रियसभा सदस्य बेदुराम भुसालबाट एमाले परित्यागको घोषणा


काठमाडौं । एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणासहित आफूलाई स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ । नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र अदालतको फैशलाबाट नेकपा भंग भएका कारण आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्रचार गरेको जानकारी दिनुभएको हो ।

एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको निर्णयलाई अर्थपुर्ण रुपमा हेरिएको छ । भुसाल तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनभएको थियो । पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरिएको छ । नेता भुसालले सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने जिकिर गर्नुभएको छ । भुसाल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह निकट नेताका रुपमा चिनिनुहुन्छ । भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गर्नुभएको छ ।

एमाले प्रमुख सचेतक भन्छन भुसालको सांसद पद रहन्न
नेकपा एमालेका राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले पार्टी परित्याग गरेपछि बेदुराम भुसालको सांसद पद कायम नरहने बताउनुभएको छ ।

भुसालले अदालतको फैसलाबाट आफू दलविहिन बनेको भन्दै आइन्दा स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेदुराम भुसालबाट पार्टी र आन्दोलनमाथि गद्दारी भएको टिप्पणी समेत गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ