Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वमन्त्री कार्कीलाई राजदूत नबनाउन अदालतको अन्तरिम आदेश

पूर्वमन्त्री कार्कीलाई राजदूत नबनाउन अदालतको अन्तरिम आदेश


काठमाडौं । पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको भएपनि उक्त निर्णय कानुन विपरित देखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेशमा भनिएको छ । ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २५ को मित्र राष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिस निर्णय यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि कार्यान्वयन नगर्नूरनगराउनू ।’ आदेशमा भनिएको छ ।

सरकारले वैशाख २५ गते निर्देशिका संशोधन गरी मन्त्रीको रूपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू नहुने व्यवस्था गरेको थियो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उत्तीर्ण हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ