Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय संक्रमित, फेरि जोखिम बढ्दै

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय संक्रमित, फेरि जोखिम बढ्दै


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ हजार ३ जना गरी कुल २ हजार ८ सय ९२ जना संक्रमित थपिएका हुन् ।

यो संख्या मंगलबार संक्रमण पुष्टि भएको भन्दा २ हजार ६ सय ३६ भन्दा २ सय ५६ जना बढी हो । यस्तै, सोमबार २ हजार ४ सय ४४ जना संक्रमित थपिदा आइतबार १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको छ । नेपालमा संक्रमणदर २० प्रतिशतबाट फेरी २६ प्रतिशत पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ९ हजार १ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५ सय ९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६१ रहेको छ । जसमध्ये ३० हजार ५ सय ४४ जना होम आइसोलेसनमा र ३ हजार १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।

जोखिम हटेको छैन जनस्वास्थ्यका मापदण्ड पालना गरौँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ सय ७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४ सय ३६, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ४७ जना थपिएका छन् । निषेधाज्ञा खुकुलो बनाएसँगै भीडभाड बढेको छ । सार्वजनिक यातायातदेखी बजारसम्म भौतिक दूरी कायम गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नेहरु भन्दा बेवास्ता गर्नेहरु बढी देखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ