Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधि सभा निर्वाचन अनिश्चित, सरकारले छुट्यायो ७ अर्ब ७२ करोड बजेट

प्रतिनिधि सभा निर्वाचन अनिश्चित, सरकारले छुट्यायो ७ अर्ब ७२ करोड बजेट


काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भन्दै निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि दिइएको बजेटको सिमाभित्र रहेर निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा आयोगले खर्च गर्न पाउने जनाइएको छ । प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा निर्वाचन घोषणा गर्नुभएको थियो । निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको भएपनि निर्वाचको तयारी भने सुरु भएको छैन ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटनिवेदनमाथी सर्बोच्च अदालतको संबैधानिक इजलासमा बहस जारी रहेकाले फैशलापछि मात्रै निर्वाचनको तयारीमा जुट्नेगरि आयोग तयारी अवस्थामा बसेको छ । यसअघि गत वर्षको पुष ५ को प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोग चुनावी तयारीमा जुटिरहँदा सर्बोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ