Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअबरुद्ध सडकमा ६ जना बेहुलाको भाइरल फोटोशेसन

अबरुद्ध सडकमा ६ जना बेहुलाको भाइरल फोटोशेसन


काठमाडौं । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध भइरहेको छ । विवाहका लगन बाक्लो रहेको समयमा सडक अबरुद्ध हुँदा घरबाट तुलही लिन यात्रा तय गरेका र दुलही लिएर घर फर्किदै गरेका बेहुला बेहुली पनि बीच अडकमा अड्किएका छन् । नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएकाहरु चिन्तामा देखिदा शुक्रबार भने फरक दृश्य देखिन्न्थ्यो।

सडक घण्टौ अवरुद्ध भएपछि बेहुला सडकमै हिड्दै गर्दा ६ जना बेहुलाहरुको जम्काभेट भयो । अनि पहिरोमा रोकिनुपरेको पीडा भुलाएर उनीहरुले खुसी हुँदै सामुहिक तस्वीर खिचे । बेहुलाहरु बाटोमा रोकिएको दृश्य रोचक देखिन्थ्यो । लगन भएकाले असारमा कोरोना भाइरसको जोखिमका बाजुद सुरक्षा उपाय अपनाएर विवाह चलिरहेको छ । ६ जना बेहुलाहरु एकै ठाउँमा भेट भएको फोटोमात्रै नभएर भीडियो खिच्नेहरुपनि तछाडमछाड गर्दैथिए ।

https://www.facebook.com/MissionKhabar/videos/1973251072829257

अहिले दुलाहाहरुको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड बिभिन्न स्थानमा अवरुद्ध छ । चार किलो, पाँच किला, जलबिरेलगायतका स्थानमा लगातार पहिरो खसिरहेको छ । जसका कारण सडकमा सयौं सवारी साधन रोकिएका छन् ।

अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेको बताइएको छ । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए । तर मुग्लिनबाट करिब ५ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेट भएको उनले उल्लेख गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ