Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज र भोली ठूलो पानी नपर्ने

नेपालमा आज र भोली ठूलो पानी नपर्ने


काठमाडौं । आज र भोलि मौसममा केही सुधार भई ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक रहेकाले मनसुनी गतिविधि कम भएको हो ।

बुधबारदेखि मनसुन फेरि सक्रिय हुने पूर्वानुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने भएकाले दुईदिनपछि नै मनसुनी वर्षा हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, दुई, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने छ ।

आज राति प्रदेश एकसहित वाग्मती र गण्डकीका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने आँकलन गरिएको छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ