Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजोन्सन एण्ड जोन्सनको १० लाख डोज खोप एकमहिनाभित्र नेपाल पुग्ने

जोन्सन एण्ड जोन्सनको १० लाख डोज खोप एकमहिनाभित्र नेपाल पुग्ने


काठमाडौं । अबको एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको कोभिड विरुद्धको खोप नेपालमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सन खोप आउन लागेको जानकारी गराएको हो ।

सुरुमा साढे ६ लाख डोज खोप आउने भनिए पनि पछि उक्त संख्यामा थप गरेर १० लाख डोज खोप आउन लागेको मन्त्रालयले जानकारी दिएको छ । एक महिना भित्र भनिएपनि खोप चाँडै नै आउने गरि पहल भैरहेको बताइएको छ । कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खरीद गर्ने गरी पनि पहल गरेपनि कम्पनीले उपलब्ध गराउन नसक्ने जानकारी गराएपनि रोकिएको थियो । नेपालले खरिद गरेर ल्याउन चाहेको खोप नै अहिले कोभ्याक्समार्फत आउन लागेको बताइएको छ ।

नेपालमा कोभ्याक्स फ्यासिलिटी मार्फत अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ । कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ