Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथिको बहस आज सकिँदै, फैसलाको प्रतीक्षा बाँकी

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथिको बहस आज सकिँदै, फैसलाको प्रतीक्षा बाँकी


काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयसिमा मध्ये अब दुई घण्टा मात्रै बाँकी छ ।

दुई घण्टाको समयसिमामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्दैछन् । उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिने बताइएको छ । यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरूको बहससँगै संबैधानिक इजलासको सुनुवाइ आज सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा मात्रै बाँकी हुनेछ । बहस सकिँदै गर्दा अधिकांशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित भएको छ । फैसला कहिले दिने भन्ने बारे अदालतले आजै जानकारी दिनसक्ने आँकलन गरिएको छ ।

गत असार ९ गतेदेखी प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो । यी रिट निवेदनमध्ये ४ वटामा ओलीलाई नै प्रधानमन्त्री कायम गरिनुपर्ने माग छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ