Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहकुल थापा एआईजीमा बढुका, कृष्णहरी पुष्कर बने सचिव

सहकुल थापा एआईजीमा बढुका, कृष्णहरी पुष्कर बने सचिव


काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापा अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा भएका छन् । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो ।

थापालाई एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन भने हुन बाँकी छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँगै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धी बनेका छन् । यसअघि नै नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल रहेका छन् । प्राविधिकतर्फ डा. आशा सिंह छन् ।

कृष्णहरी पुष्कर सचिवमा बढुवा
नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिवमा सहसचिव कृष्णहरी पुष्कर्र बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएको छन्। पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ता थिए ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिले प्रशासनतर्फ एक सचिव बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो । पुष्कर र नेपाल यसअघि दुई पटक बढुवाका लागि सिफारिसमा परेका थिए । शर्माको नाम पहिलो पटक सिफारिस भएको थियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ