Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बाढी र पहिरोमा परेर ५१ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

नेपालमा बाढी र पहिरोमा परेर ५१ जनाको मृत्यु, २९ जना अझै बेपत्ता


काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन\तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई\दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक\एकजनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधानकार्यालयबाट प्राप्त विवरण अनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक\एक जनाको मृत्यु भएको हो । बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जनाबालक र पाँचजना बालिका छन् । यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीनबालक र एक बालिका रहेको प्रहरीको तथ्यांक छ । बेपत्ताहुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई\दुई तथा बाजुरा र बाग्लुङमा एक\एकजना छन् । । प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर बेपत्ताको खोजीकार्य जारी रहेको बताउँछन् ।

बाढीपहिरामा परेका १ हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीको कारण १ हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षतिपुगेको छ । १ हजार १५८ घरका ५ हजार ४२३ व्यक्ति विस्थापित भएको तथ्यांक प्रहरीले संकलन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ