Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनबाट नेपाल आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, अरु प्रक्रियामा

चीनबाट नेपाल आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, अरु प्रक्रियामा


काठमाडौं । पहिलो चरण अन्तर्गत चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको हो ।

आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले आजदेखि साउन ८ गतेसम्म तीन वटा उडान मार्फत खोप ल्याउन लागिएको जानकारी दिएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको थियो । परिणाम र मुल्य गोप्य राखेर खरिद गरिएको खोप बारेका सबै विवरण गोप्य राखिएको छ । पछिल्लो पटक ल्याइएको भेरोसेल खोप ६० वर्षमुनिको उमेर समूहलाई प्राथमिकताका आधारमा लगाउने गरि स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।

यस्तै कोभ्याक्स सुविधा मार्फत आउने थप खोप पनि छिट्टै ल्याउने बताइएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएपनि खोप अभावले गतिलिन सकेको छैन । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको छ ।

विश्व बैंकले भन्यो, ‘अनुदानको खोपको प्रतिक्षा नगर्नु ऋण चाहिए दिन्छौँ ।’
विश्व बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्ने भन्दा पनि पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने बताएको हो । खोप खरिदका लागि विश्व बैंकले नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको छ, थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइने बताइएको छ ।

नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको भन्दै विश्व बैंकले नेपालले आफ्नो पूर्ण जनसंख्यालाई कसरी खोप लगाउँछ भन्ने महत्वपूर्ण कुरा रहेको बताएको छ । नेपालको कूल जनसंख्याको ७२ प्रतिशत अर्थात ३० मिलियन जनसंख्यालाई २ डोज खोप लगाउन ४४ मिलियन डोज खोप आवश्यक छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ