Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाबाट सोमबार नेपाल आइपुग्दै १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप

अमेरिकाबाट सोमबार नेपाल आइपुग्दै १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप


काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप दिएको १५ लाख डोज खोप सोमबार बिहान आइपुग्ने भएको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको हो ।

आज पठाइएको खोप सोमवार बिहान काठमाडौं आइपुग्नेछ । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरिरहेको छ । यो एक डोज मात्रै लगाए पुग्ने खोप हो । अमेरिकाले कम विकसित र विकासशील देशलाई दिने प्रतिबद्धता जनाएको आठ करोड डोज खोप अन्तर्गत ५० लाख डोज खोप तीन वटा देशका लागि पठाएको राष्ट्रपति जो बाइडेनको प्रशासनले जनाएको छ । अमेरिकाका वैज्ञानिक कानुनी र नियामक निकायका प्राविधिकले नेपाल र भुटानमा खोपको प्रभावकारी वितरणका लागि मिलेर काम गरेको उल्लेख गरिएको छ ।

अमेरिकाले चीनको प्रभावमा रहेका देशमा खोप कुटनीति गरिरहेको आरोप लाग्दैआएपनि ह्वाइट हाउस प्रशासनले महामारीको अन्त्य र मानवीय सहयोगका लागि खोप वितरणमा भुमिका खेलेको बताएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ