Techie IT
Tuesday August 3, 2021  |   मङ्लबार, साउन १९, २०७८
गृहपृष्ठ » Breaking News » संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक साउन ३ गते

संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक साउन ३ गते


20 Views

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो । सोही आदेशको कार्यान्वयन गर्दै सरकारले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-