Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘प्रचण्ड’ र एमालेका बिद्रोही नेपालको सुरक्षा व्यवस्थामा बिशेष कडाई, यस्तो थ्रेट !

‘प्रचण्ड’ र एमालेका बिद्रोही नेपालको सुरक्षा व्यवस्थामा बिशेष कडाई, यस्तो थ्रेट !


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका बिद्रोही नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा व्यवस्थामा बिशेष कडाई गरिएको छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई परिचालन गरिएको छ भने एमाले बरिष्ठ नेता नेपालको सुरक्षा तैनाथीको संख्या बढाइएको छ । कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको भएपनि गृहमन्त्री बालकृष्ण खाँडले सुरक्षा चुनौती बढेका कारण उच्च अधिकृतले सुरक्षा दिनुपरेको बताएका छन् । भीआईपी सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिएकाले विकृति बढेको भन्दै रामबहादुर थापा ‘बादल’को गृह मन्त्री हुँदा भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो । यो मापदण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्दै आएका थिए ।

कार्यविधि ल्याएलगत्तै प्रचण्डले ओली सरकारले पूर्वाग्रह राखेर सुरक्षाकर्मी घटाएको गुनासो गरेका थिए र पूर्वजनमुक्ति सेनालाई समेत आफ्नो सुरक्षामा खटाउँदैआएका थिए । प्रहरी प्रधान कार्यालयले समेत प्रचण्डमाथि सुरक्षा चनौती रहेकाले डीएसपीको नेतृत्वमा सुरक्षा दिनु स्वभाविक भएको प्रतिक्रिया दिएको छ । कार्यविधिले पनि थ्रेटको आधारमा पनि सुरक्षाकर्मी थपघट गर्न सकिने परिकल्पना गरेको छ । नेकपा एमालेका बरिष्ठ नेता नेपालमाथी ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको आँकलनसहित सुरक्षाकर्मी थप गरिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ