Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा तेश्रो लहरको आँकलन, अस्पताललाई तयारी अवस्थामा राख्न सरकारको निर्देशन

नेपालमा तेश्रो लहरको आँकलन, अस्पताललाई तयारी अवस्थामा राख्न सरकारको निर्देशन


काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै पुनः संक्रमण बढ्न थालेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै तेस्रो लहरको जोखिम बढ्नसक्ने भन्दै अस्पतालहरुलाइ पूर्वाधार तथा सेवाहरु तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेसँगै मन्त्रालयले सचेत गराएको हो ।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहर थप चुनौतीपूर्ण हुनसक्ने आँकलनसहित सबै स्वास्थ्य संस्थाहरुलाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तथा उपचार सेवालाई तयारी अवस्थामा राख्न र चुस्त दुरुस्त बनाउन अनुरोध गरेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लम खुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन हुँदा यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले निष्कर्ष निकालेको छ । अहिले पनि काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा ५ सय भन्दा बढी र अन्य २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको जानकारी गराएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको जानकारी दिनुभयो । खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालना गराउन डा.अधिकारीले आग्रह गर्नुभयो । बिहिबार काठमाडौं उपत्यकामा मात्रै ७ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ७१४ जना संक्रमित थपिदा २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणदर पछिल्लो साता बढ्दो क्रममा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ