Techie IT
Friday July 23, 2021  |   शुक्रबार, साउन ८, २०७८
गृहपृष्ठ » Breaking News » ओलीबाट नेपाल पक्षका नेतालाई माफीको घोषणा, अपमान नसहने पक्षमा नेपाल

ओलीबाट नेपाल पक्षका नेतालाई माफीको घोषणा, अपमान नसहने पक्षमा नेपाल


3 Views

काठमाडौं । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बिश्वासको मत दिएका माधव–झलनाथ पक्षका २२ जना सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । नेपाल पक्षका सांसदले पनि तात्कालिन प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीकै कार्यशैलिका कारण पछिल्लो परिस्थिति सिर्जना भएको जवाफ फर्काएका छन् ।

अझ, प्रधानमन्त्रीबाट पदमुक्त भएर निजी निवास बालकोटमा पुगेपछि अध्यक्ष ओलीले नेता नेपाललाई गद्धार घोषणा गर्दै पार्टीमा कुनै स्थान नभएको उद्घोष गरे । एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बिचको वाकयुद्ध केही मथ्थर जस्तो भएपनि जारी नै छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेताद्धयले फरक–फरक कार्यक्रम आयोजना गर्दै पार्टी एक नरहेको सन्देश मात्र दिएनन्, एक अर्कामाथि एमाले एक नहुनुको दोष पोखे । नेपाली कम्युनिष्टहरुका लागि पुष्पलाल स्मृति दिवस सधैँ गर्व लायक दिन बन्ने गरेपनि ४३ औ पुष्पलाल स्मृति दिवस मनाईरहँदा उनकै पार्टी नेकपा एमालेका नेताद्धय ओली र नेपाल छुट्टा–छुट्टै कार्यक्रम आयोजना गर्दै एक अर्कालाई सघाउनेभन्दा पनि सिध्याउने खालका अभिब्यक्ति दिन व्यस्त बनेका थिए । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले ७२ बर्ष पूरा गरीसक्दा ७२ पटक नै बिभाजीत भईसकेको छ ।

काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन सही दिशामा लैजान कम्युनिस्ट पार्टीलाई बलियो बनाउन चाहेको बताए । उनले आफूले बनाएको घर छाडेर हिड्न मन नभए पनि अपमान सहेर बस्न नसकिने भन्दै अध्यक्ष ओलीलाई चुनौती दिएका थिए । नेता नेपालले गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास बन्नु बराबर भएकोले अपमान गर्नेलाई निरुत्साहीत पार्नुपर्नेमा जोड दिए ।

यता, पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलमा आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता नेपाल पक्षतर्फ इंगित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताए । वरिष्ठ नेता नेपाललाई गद्धार घोषणा गर्दै २२ सांसदमाथी स्पष्टिकरण सोधेका ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न आह्वान गर्न पनि भ्याए । तर, उनको अभिव्यक्तिको शैली भने नेपाल पक्षलाई एकतामा ल्याउने भन्दा होच्याउने खालकै थियो । यसरी आफ्नो पार्टीका संस्थापक महासचिवको स्मृति दिवसमा समेत एउटै मञ्चमा बस्न नसक्नेहरुले कसरी संस्थापक नेताप्रति सच्चा श्रद्धाञ्जली दिए सबैले चासोका साथ नियालेका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई बिश्वासको मत दिएका २२ जना माधव–झलनाथ समूहका सांसदलाई २४ घण्टे अल्टीमेटम दिएका ओली केही नरम भएको देखिएपनि विगतको व्यवहारले विश्वास गरिहाल्ने अवस्थामा नेपाल पक्ष छैन । पार्टी केन्द्रिय कमिटि बैठकवाट दिएको निर्देशन बमोजिम नेपाल समूहका सांसदहरुले आजै स्पष्टीकरण बुझाईसकेको अवस्थामा एमाले एकता कसरी अघि बढ्छ चासोका साथ हेरिएको छ । एमाले भित्रको द्धन्द समाधान उन्मुख बनेको हो वा झन् चकिर्दै गएको हो ? स्वयम एमालेका नेता कार्यकर्तालाई नै आँकलन गर्न गाह्रो भैरहेको छ ।

क्याटेगोरी : Breaking News, Nepal, Politics



प्रतिक्रिया दिनुहोस

-Advertisement-