Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कति आयो कोरोनाविरुद्धको खोप, कतिले लगाए ?

नेपालमा कति आयो कोरोनाविरुद्धको खोप, कतिले लगाए ?


काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न नेपालमा विभिन्न ३ देशमा निर्मित खोपलाई अनुमतिसहित प्रयोग गर्दै आइएको छ । पहिले पटक माघ १४ गतेबाट फ्रन्टलाईनरलाई लगाएर सुरु गरिएको कोरोना विरुद्धको खोप अभियान अहिलेपनि प्राथमिकताका आधारमा जारी राखिएको छ ।

पहिलो पटक भारतको सहयोगमा ल्याइएको कोभिसिल्ड खोप प्रयोगमा आएको थियो । पहिलो पटक खोप कार्यक्रम सञ्चालन गर्दा जति मात्रामा जनसहभागिताको अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अनुसार सर्वसाधारणले खोप लगाएनन् । सुरुमा लक्षित वर्ग नै खोप लगाउन हच्किएका थिए । कोभिड खोप लगाएपछि देखिने साइड इफेक्टका कारण सर्वसाधारण त्रसित भए । खासमा अहिले पनि हामीले लगाएको खोपले कति काम गर्छ भन्ने प्रमाणित आधार भेटिदैँन । त्यसैले खोपको प्रभावकारीलाई लिएर एक खाले अन्यौल धेरैमा कायमै रहेको छ । अहिले पनि खोप लाउन जताततै भीडभाड देखिने गरेको छ ।

नेपालमा कति आयो खोप कतिले लगाए ?
अहिलेसम्म नेपालमा भारतबाट खरिद तथा अनदानमार्फत २१ लाख, चीनबाट अनुदानमा १८ लाख र सरकारले खरिद गरेको ४० लाख डोज मध्ये करिब १६ लाख नेपाल आइसकेको छ । बाँकी खोप आउने प्रक्रियामा रहेको छ । यस्तै, अमेरिकाले कोभ्याक्स सुविधामार्फत १५ लाख डोज जोनसन एन्ड जोनसनको जानसेन खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधाबाट पाउने भनिएको करिब १ करोड खोप मध्ये अहिलेसम्म ३ लाख ४८ हजार खोप आएको छ । बाँकी खोप छिट्टै आउने बताइएको छ । यस्तै, जापानबाट १६ लाख डोज खोप आउने क्रममा छ भने चीन सरकारले नेपाललाई १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको छ ।

अब नेपालमा खोप अभाव नहुने दाबी गरेको सरकारले ७२ प्रतिशत जनसंख्यालाई यहि आर्थिक बर्ष भित्र खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाललाई प्राप्त खोप मध्ये अहिलेसम्म कोभिसिल्डको पहिलो डोज मात्रै लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ जना र यसको दोस्रो डोज समेत लगाएका ४६ हजार ३ सय ८ जना रहेका छन् । भने भेरोसेलको पहिलो मात्रा लगाउनको संख्या १५ लाख ५४ हजार ५ सय ५४ जना रहेका छन् । दोश्रो मात्रा लगाउने ६ लाख ९४ हजार ५ सय ५५ जना रहेका छन् । जोनजोस एण्ड जोनसोन खोप लगाउको संख्या २ लाख ४३ हजार ३ सय १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप सुरक्षित छन्, ढुक्क भएर लगाउनु : डा. उप्रेती
खोप विज्ञ डा. श्यामराज उप्रेती नेपालमा प्रयोग भइरहेको खोप पूर्णरुपमा विश्वास गर्न लायक भएको दाबी गर्छन् । अहिले प्रयोगमा आएको भारतको कोभिसिल्ड, अमेरिकाको जानसेन र चीनको भेरोसेल खोपलाई अन्तर्राष्ट्रिय निकायले प्रयोग योग्य भनेर प्रमाणित गरि सकेको छ । साथै विश्व स्वास्थ्य संगठनले तीनवटै खोपको अध्ययनपछि आपतकालिन प्रयोगका लागि अनुमति दिएको हुँदा कुनै निसंकोच प्रयोग गर्न उनको सुझाव छ । कोरोनाको बढ्दो महामारीसँगै खोपप्रति आकर्षण पनि बढ्दै छ । तर नेपालमा अहिलेसम्म सबै नागरिकलाई उपलब्ध गराउने सक्ने मात्राको खोप भित्रिएको छैन । त्यसैले चाहेर पनि सहज तरिकाले खोप लगउन पाइएको छैन ।

नेपालमा पछिल्ला दिनमा खोप भित्रिने क्रम बढे पनि लगाउन तँछाड मछाड गर्नुपर्ने अवस्था छ । खोप लगाएर असुरिक्षत बन्नुपर्ने अवस्थामा खोप प्रति शंका नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यद्यपी सबै नागरिक खोप लगाएर थप जोखिमबाट कसरी सुरक्षित हुने सरकारले समेत विश्वस्त पार्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ