Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिषेधाज्ञा खुकुलो भएसँगै जुलाईमा नेपाल भित्रिए तीन हजार विदेशी पर्यटक

निषेधाज्ञा खुकुलो भएसँगै जुलाईमा नेपाल भित्रिए तीन हजार विदेशी पर्यटक


काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको हो ।

पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रने क्रम बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका छन् । सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् । गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा यो संख्या पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको पाइएको छ ।

भारत र अमेरिकाबाट धैरै भित्रिए विदेशी पर्यटक
पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना पर्यटक नेपाल आएका छन् । यो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी आएका हुन । यस्तै, दोश्रोमा अमेरिकाबाट आउने पर्यटकहरु रहेका छन् । जुलाई महिनामा अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बङ्गलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलङाबाट तीन जना पर्यटक नेपाल आएको रेकर्ड छ । यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

एक महिनामा २५ हजार नेपाली स्वदेश फर्किए
अध्यागमन विभागका अनुसार जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । यीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् । सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । पछिल्लो एक महिनामा २१ हजार ८७७ जना नेपालीसहित कूल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । जुन महिनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए । रासस



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ