Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एकैदिन थपिए ५ हजार कोरोना संक्रमित, भीडभाडसँगै तेश्रो लहरको त्रास

नेपालमा एकैदिन थपिए ५ हजार कोरोना संक्रमित, भीडभाडसँगै तेश्रो लहरको त्रास


काठमाडौं । पछिल्लो २४ घण्टामा झन्डै पाँच हजार कोरोना संक्रमित थपिएका छन् ।१३ हजार दुई सय १७ जनाको पीसीआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन गरी १९ हजार एक सय २३ जनाको परीक्षण मार्फत ४ हजार ९ सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ९१ हजार नौ सय १० पुगेको छ । थप दुई हजार एक सय १५ जनाले कोरोना जितेसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ ।  यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० पुगेको छ । अहिले नेपालमा ३७ हजार तीन सय ३२ जना सक्रिय सङ्क्रमित रहेकोमा सात सय ७१ जनाको आईसीयू र एक सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बढ्दो संक्रमणसँगै तेश्रो लहरको जोखिम
सोमबार तीन हजार ६५१ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार यो संख्यामा एक हजार भन्दा बढीको बृद्धी भएको छ । मंगलबार थपिएका संक्रमितको संख्या जेठ २१ यताकै सबैभन्दा बढी हो । जेठ २० गते नेपालमा ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो भने जेठ २१ गते ४ हजार ६ सय २४ जना संक्रमित थपिएका थिए । त्यसयता ओरालो लागेको संक्रमणदर फेरि केही दिनदेखी ह्वात्तै बढ्न थालेको छ ।

संक्रमण र मृत्युदर बढेसँगै जनस्वास्थ्यविद्हरुले तेश्रो लहरको चेतावनी दिदै आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एक हप्ते मास्क अभियानबारे भिडियो सन्देष जारी गर्दै सबैको साझा प्रयासबाट मात्र कोरोना महामारी नियन्त्रण सम्भव हुने भन्दै तेश्रो लहरको जोखिम बढेको बताएका छन् । बजारमा बढेको भीडभाड र जनस्वास्थ्यमा मापदण्डको पालनामा भैरहेको बेवास्थाले समेत कोरोनाको तेश्रो लहरको जोखिम बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ