Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमन्त्रीपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने, दलहरु पार्टी गतिबिधिमा ब्यस्त

मन्त्रीपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने, दलहरु पार्टी गतिबिधिमा ब्यस्त


काठमाडौं । देउवा सरकारले अझै केही दिन पूर्णता नपाउने भएको छ । काँग्रेस र माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा अलमलिँदा ढिलाई भएको मन्त्रिमण्डल विस्तारको गृहकार्यले जसपाको केन्द्रीय कमिटी बैठकपछि मात्रै पूर्णता पाउने देखिएको हो ।

भदौ १ र २ गते जसपा केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका लागि आज कार्यकारिणी समितिको बैठक बस्छ । अबको दुई, चार दिनमा मात्रै गठबन्धन सरकारले पूर्णता पाउने नेताहरुले बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए । त्यसको दुई हप्तापछि प्रधानमन्त्री देउवाले एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल पनि रोकिएको छ । २–३ दिनको बीचमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने गरे पनि ८ दिन यता छलफल नै भएको छैन ।

गठबन्धनका नेताहरु सरकारलाई पूर्णता दिन छाडेर पार्टी गतिबिधिमा
गठबन्धनका नेताहरू सरकारलाई पूर्णता दिने भन्दा आ–आफ्नो पार्टीका केन्द्रीय कमिटी बैठकतिर व्यस्त बने । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बिहीबार, शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठकमा ब्यस्त भए । काँग्रेसको तीन दिने केन्द्रीय समिति बैठक शनिबार सकिए पनि प्रधानमन्त्री देउवाको प्राथमिकतामा मन्त्रिपरिषद् विस्तारको विषय परेको छैन । यता शनिबार र आइतबार माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको छ । काँग्रेस र माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक सम्पन्न गरेपनि अब जसपाको बैठक सकेपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिनेबारे गृहकार्य हुने देखिएको छ ।

गठबन्धनको सरकार हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनु स्वाभाविक भएको प्रतिक्रिया दिने नेताहरुले ढिलोमा चार दिनभित्र सरकारले बिस्ता पाउने दाबी गरेका छन् । साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने सहमति भए पनि सत्तारुढ घटकको आन्तरिक पार्टी बैठकले अहिले ढिलाई भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ