Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरेडियो क्यान्डिड ९२.७ मेगाहर्जले काठमाडौंबाट शुरू गर्यो नियमित प्रशारण

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले काठमाडौंबाट शुरू गर्यो नियमित प्रशारण


काठमाडौं । रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले आफ्नो नियमित प्रशारण शुरू गरेको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा जनजीवनका सबै क्षेत्रका लागि सूचना, सङ्गीत र मनोरञ्जनका कार्यक्रमसहित नियमित प्रशारण सुरु गरेको हो ।

रेडियोले मंगलबार बिहान ६ बजे समाचार प्रसारणबाट आफ्नो औपचारिक शुभारम्भ गरेको छ । रेडियो क्यान्डिडले स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षलाई विस्तार गर्दै निकट भविष्यमा नै देशभर प्रशारण विस्तार गर्ने लक्ष्य रहेको छ । रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ ‘रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ ।’ रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै आएकोमा चाँडै अन्य कार्यक्रमहरू नियमित गरिने बताइएको छ ।

रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ । बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्ने रेडियोले प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ । क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञलाई पनि साताको एक दिन प्रस्तुत गरिनेछन् । ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारीमा रहेको रेडियो क्यान्डिडले जनाकारी दिएको छ ।

‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो । लीला भ्वइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । यसले सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको थियो ।

रेडियो क्यान्डिडले सिर्जशीलता, खोज, दिगोपन र उत्कृष्टताका लागि काम बताइएको छ । साथै रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा प्रत्येक दिन प्रसारण हुने रेडियो स्टेसन भएको दाबी व्यवस्थापनले गररेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ