Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब नेपालमा ‘स्मार्ट लकडाउन’, यसरी गरिन्छ निषेधाज्ञा

अब नेपालमा ‘स्मार्ट लकडाउन’, यसरी गरिन्छ निषेधाज्ञा


काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरसँगै नेपालभर स्मार्ट लकडाउनको कार्यविधि लागू हुने भएको छ । अब यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले महामारिको अवस्था र जोखिमका आधारमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाका अनुसार भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको छ । देशभरका जिल्लाहरुलाई अब संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ । रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी अनुसार कार्यविधि ल्याइएको छ ।प्रवक्ता खतिवडाले भने ‘साविकमा अनुमानको आधारमा लकडाउन हुन्थ्यो भने अहिले तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन गर्न लागेका हौं’ ।

स्मार्ट लकडाउनको गाइडलाइनअनुसार डीसीएमसी र पालिकाहरुलाई संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञा गर्ने जिम्मेवारी दिइएको छ । मंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन दिइसकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयन कसरी गर्ने भन्नेबारे तयारी भएको जानकारी दिए ।

साउन महीना सुरु भएदेखि मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत समेत गराएको छ । बजार तथा पसल अनि नागरिकले हिडडुलका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना नगर्न र सरकारको नियमनकारी संयन्त्रले निषेध आदेशलाई कडाईका साथ पालना गराउन नसक्दा कोरोना महामारिको जोखिम विगत भन्दा झन बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ