Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहन्थ ठाकुरले निर्वाचन आयोग पुगेर दर्ता गरे जसपा (लोकतान्त्रिक) पार्टी

महन्थ ठाकुरले निर्वाचन आयोग पुगेर दर्ता गरे जसपा (लोकतान्त्रिक) पार्टी


काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक)पार्टीको गठनसँगै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको हो ।

पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोलाई राखिएको छ । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा रेशमलाल चौधरी पनि छन् । निर्वाचन आयोगको हेड काउन्टमा उनी तटस्ठ बसेका थिए ।

ठाकुरको दलमा अब जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १३ सांसद र राष्ट्रियसभाका एकसहित संघीय संसदमा १४ सांसद रहने भएका छन् ।

यी हुन जसपा (लोकतान्त्रिक)पार्टीका अध्यक्ष तथा केन्द्रीय कार्यकारिणी सदस्यहरु :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ