Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफुट्यो एमाले : एमाले वरिष्ठ नेता नेपालले गरे नेकपा एमाले (समाजवादी) दल दर्ता

फुट्यो एमाले : एमाले वरिष्ठ नेता नेपालले गरे नेकपा एमाले (समाजवादी) दल दर्ता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्तत नेकपा एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी दर्ता गराएका छन् । प्रधानमन्त्री देउवाको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्दी दोश्रो संशोधन अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा पुगेर एमाले वरिष्ठ नेता नेपालले नेकपा एमाले (समाजवादी)दल दर्ताका लागि निवेदन दिएका हुन ।

नवगठित नेकपा एमाले (समाजवादी)को संयोजकमा नेता नेपाल छन् भने झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् । अब नेपाल समूहको पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । दलले मान्यता पाएपछि सरकारमा जाने तयारीमा नेपाल पक्ष रहेको छ । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका दोश्रो तहका नेता र अधिकांश स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा नेपालसँग असहमत भएका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए ।

ओली दक्षिणपन्थी भएको नेपालको आरोप
आफ्नै अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत नेता नेपालले खुलाएका छन् । उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन ।’ नेता नेपालले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पुर्‍याएको आरोप लगाएका छन् । ‘ नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी ) निर्माण गर्ने बहुमत केन्द्रीय सदस्यहरूको निर्णय अनुसार नै आफू अघि बढेको नेपालले बताएका छन् ।

यी हुन नेपालले दर्ता गराएको पार्टीमा सहभागी नेताहरु :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ