Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री,एमाले फुटको उपहार

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री,एमाले फुटको उपहार


काठमाडौं, मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन । संविधानको धारा १६८(१ं) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

नवनियुक्त मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी छिन । एमाले विभाजन हुँदैगर्दा आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी थिइन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य नियुक्त भएकी हुन ।

एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ